(Tuesday , 25 June,2024)

रुसी राष्ट्रपति पुटिनको घरमा रहस्यमय आगलागी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको घरमा रहस्यमय रूपमा आगलागी भएको छ । साइबेरियाको अल्टाइ माउन्टेनमा रहेको उनको सो घरमा कसरी आगो लाग्यो भन्ने प्रस्ट भइसकेको छैन ।

आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त भइसकेको छैन । तर केही तस्बिर तथा भिडियोमा उक्त घरमा आगो दन्किरहेको देख्न सकिन्छ ।

यो घर निकै सुरक्षित स्थानमा रहेको बताइन्छ । उक्त घरको चारैतिर सुरक्षा व्यवस्था कडा थियो । यसका बाबजुद कसरी आगो लाग्यो भन्नेबारे सर्वत्र संशय देखिन्छ ।

रुसी राष्ट्रपति पुटिन बेलाबेला उक्त घरमा पुग्ने गर्दथे । उनले आफ्ना केही विदेशी अतिथिलाई समेत उक्त घरमा भेट्ने गरेका थिए ।

उक्त आवास परिसरमा परमाणु हमलाको अवस्थामा समेत जोगाउन सक्ने बङ्करसमेत बनाइएको थियो । यो आगजनीको घटनामा कतिपयले युक्रेनको भूमिका हुन सक्ने आकलनसमेत गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal