(Tuesday , 25 June,2024)

पूर्वमन्त्रीले पिटीपिटी  पत्नी मारेको प्रमाणीत

NepalNewsLine

NepalNewsLine

Image 1

कजाकिस्तान । कजाकिस्तानका एक जना पूर्वमन्त्रीमाथि आफ्नो पत्नीलाई पिटीपिटी मारेको आरोप लागेको छ । समाचार अनुसार यो घटना सन् २०२३ को नोभेम्बरको हो । 

पूर्वमन्त्री कुआन्डिक बिशिम्बायेवले परिवारको स्वामित्वमा रहेको रेष्टुराँमा पत्नीको कपाल समातेर ८ घन्टासम्म पिटेका थिए । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

पतिको पिटाईपछि टाउकोमा गम्भीर चोट लाग्दा केही घन्टामै महिलाको मृत्यु भयो । गएको महीना ४३ वर्षिय बिशिम्बायेवमाथि ३१ वर्षिय पत्नी साल्टानैट नुकेनोकोको हत्याको आरोपमा मुद्दा चलाइएको थियो । 

छानबिनको रिपोर्ट अनुसार  उनले अल्माटीमा परिवारको स्वामित्वमा रहेको रेष्टुराँमा पत्नीलाई घन्टौंसम्म कुटपिट गरेका थिए । कजाकिस्तानको सर्वोच्च अदालतमा सुनवाईको समयमा हमलाको सीसीटीभी फुटेज प्रमाणको रुपमा देखाइएको थियो ।

मिरर अनलाइनमा छापिएको खबर अनुसार सुनवाई अनलाइनमै गरिएको यो कजाकिस्तानको पहिलो मुद्दा हो । बिशिम्बायेवव र नुकेनोवाले सो रेष्टुराँमा मृत्युअघि एक दिन एक रात बिताएका थिए ।

 घटना भएको १२ घन्टा पछि मात्रै रेष्टुराँमा एम्बुलेन्स पुगेको थियो । घटनास्थलमै उनको मृत्यु भएको घोषणा डाक्टरहरुले गरिदिए । नुकेनोवाको मृत्युको कारण अत्यधिक चोटका कारण ब्रेन ह्यामरेजले गर्दा भएको रिपोर्टले देखाएको छ । बिशिम्बायेवले भने आफूलाई निर्दोश बताउँदै नुकेनोवा उसकै कारण चोट लागेर मरेको भन्ने तर्क दिएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal