(Sunday , 28 April,2024)

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ५ चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

इस्लामावाद । पाकिस्तानमा ठुलो आत्मघाती हमला भएको छ । खैबर पख्तुनख्वाको गाला जिल्लाको बेशाम सहरमा चिनियाँहरू सवार बसमा आत्मघाती हमला भएको बताइएको छ ।

यस घटनामा पाँच चिनियाँ नागरिकसहित ६ जनाको मृत्यु भएको छ । त्यहाँका डीआईजी मलाकन्दका अनुसार आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एउटा चिनियाँ बसलाई ठक्कर दिएका थिए ।

आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको गाडीले चिनियाँ इन्जिनियरहरूको सवार बसलाइ ठक्कर दिएको क्षेत्रीय प्रहरी प्रमुख मोहम्मद अली गंडापुरले भनेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ । मृतक सबै चिनियाँहरू इन्जिनियर भएको बताइएको छ । यिनीहरू इस्लामाबादबाट खैबर पख्तुनख्वा प्रान्तको दासु जाँदै थिए । दासुमा उनीहरूको क्याम्प छ । त्यहाँ बाँध बनाउने काम भइरहेको छ ।

‘आक्रमणमा पाँच चिनियाँ नागरिक र उनीहरूका पाकिस्तानी चालकको मृत्यु भएको छ,’ गण्डापुरले भनेका छन् । दासु पाकिस्तानको मुख्य बाँध स्थल हो । यस क्षेत्रमा यसअघि पनि आक्रमण भइसकेको छ । सन् २०२१ मा बस लाई लक्षित गरेर गरिएको विस्फोटमा नौ चिनियाँ नागरिकसहित १३ जनाको मृत्यु भएको थियो । खैबर पख्तुनख्वा प्रहरीले घटनास्थलमा पुगेर राहत कार्य सुरु गरेको छ । गण्डापुरका अनुसार बसमा सवार अन्य यात्रु सकुशल रहेका छन् ।

यो आक्रमण पाकिस्तानी नौसेनाको हवाई शिबिरमा आतंकवादी आक्रमण भएको केही घण्टा पछि भएको छ । उक्त हमलामा कम्तीमा एक अर्धसैनिक सिपाहीको मृत्यु भएको थियो । पाकिस्तानको सुरक्षा बलहरूले जवाफी कारबाही गरेर सबै पाँच आक्रमणकारीहरूलाई मारेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal