(Friday , 10 May,2024)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

N@bin Subedi

N@bin Subedi

Image 1

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । सो क्रममा सभामुख घिमिरेले सांसदद्वयलाई संघीय संसदको लोगो प्रदान गर्दै सफलताको कामना गर्नुभएको थियो । सपथपछि लामिछानेले सरकारमा जाने कुनै तयारी नरहेको भन्दै समर्थनका बिषयमा के गर्ने भन्ने बारे छिटै पार्टीको बैठक बसेर निर्णय लिईने बताउनुभयो । सरकारले रास्वपाको एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना देखिएको उहाले बताउनुभयो । उहाले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने पार्टीको एजेण्डालाई सरकारले हटाएको प्रति गम्भीर आपत्ति रहेको बताउनुभयो । त्यस्तै सांसद स्वर्णिम वाग्लेले स्थीरताका नाममा निकम्मा र असक्षम सरकारलाई बोकिराख्नुपर्ने अवस्था नहुने धारणा राख्नुभयो ।

गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal