(Friday , 10 May,2024)

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 

N@bin Subedi

N@bin Subedi

Image 1

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । 
शुक्रबार नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता चौधरी संविधानको धारा १६८ (२) अनुसार आठ दलका ५२ र एक स्वतन्त्र समेत गरी ५३ जना प्रदेश सभा सदस्यको समर्थनमा बिहिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । यस्तै, शुक्रबार नै मुख्यमन्त्री चौधरीले सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई उहाले मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि बिहीवार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यस्तै शुक्रबार नै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal