(Tuesday , 25 June,2024)

रेमल चक्रवातका कारण भारतमा एक जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

नयाँ दिल्ली । भारतमा रेमल चक्रवातको असर कम हुन थालेको छ । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का डीआईजी मोहसिन शाहिदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार चक्रवात गम्भीर श्रेणीबाट बाहिर आएको हो ।

‘पहिले ११० देखि १२० किलोमिटर प्रतिघण्टा रहेको आँधीको गति अहिले घटेर ६० देखि ७० किलोमिटर प्रतिघण्टा पुगेको छ, यो ठुलो राहत हो । आज साँझसम्म यसको प्रभाव अझै कम हुने अपेक्षा गरिएको छ,’ शहिदीले भनेका छन् ।

रेमल चक्रवातका कारण कोलकातामा पर्खाल भत्किँदा एक जनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । पश्चिम बंगालका प्रमुख क्षेत्रहरूमा एनडीआरएफको १४ टोली तैनाथ गरिएको छ र एसडीआरएफको छ टोली पनि तिनीहरूलाई सहयोग गर्न तैनाथ गरिएको छ ।

पश्चिम बंगाल बाहेक त्रिपुरामा पनि सावधानीका रूपमा एउटा टोली तैनाथ गरिएको बताइएको छ । रेमाल चक्रवात आइतबार राति बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । भारतीय मौसम विभागले पश्चिम बंगाल र उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी दिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal