(Tuesday , 25 June,2024)

पपुआ न्यू गिनीमा पहिरोमा परेर कम्तीमा २ हजारको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

पोर्ट मोरेस्बी । पपुआ न्यू गिनीमा पहिरोमा परेर कम्तीमा २ हजार जनाको मृत्यु भएको छ । त्यहाँको सरकारले बताएअनुसार २ हजारभन्दा धेरै मानिस ज्यूँदै पहिरोमा पुरिएका थिए ।

शुक्रबार बिहानै सुदुर एन्गा प्रान्तको यामबाली गाउँका सारा बासिन्दा निद्रामा भएको समयमा नजिककै पहाडबाट विशाल ढिस्को खसेर गाउँ पुरिएको थियो । 

मर्नेको यो सङ्ख्या संयुक्त राष्ट्र सङ्घ (यूएन)ले सुरुमा गरेको अनुमानभन्दा तेब्बर हो । यस घटनामा कम्तीमा ६७० जना मरेको हुन सक्ने अनुमान यूएनको थियो । पहिरो खसेयता मृतकको सङ्ख्याबारे फरक फरक अनुमान आइरहेका छन् । 

वास्तविक मृतकको सङ्ख्या कति छ भनेर तत्कालै अधिकारीहरूले पनि बताउन सकिरहेका छैनन् । बारम्बार माटोको ढिस्को खस्ने क्रम जारी रहँदा उद्धार कार्य प्रभावित भइरहेको बताइएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal