(Tuesday , 25 June,2024)

अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।

शुक्रवार गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ । रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।

आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ । टेक्ससमा ९ लाख ३४ हजार घर र व्यवसाय बिजुली बिना बस्नु परेको छ । लुइजियानामा पनि यो सङ्ख्या १ लाख ६६ हजार हाराहारी भएको बताइएको छ । - एजेन्सी


टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।

शुक्रवार गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ । रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।

आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ । टेक्ससमा ९ लाख ३४ हजार घर र व्यवसाय बिजुली बिना बस्नु परेको छ । लुइजियानामा पनि यो सङ्ख्या १ लाख ६६ हजार हाराहारी भएको बताइएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal