(Sunday , 24 November,2024)

नारायणकाजी श्रेष्ठले अघि सारे माओवादी विशेष अभियानका ५ कार्यभार

NepalNewsLine

NepalNewsLine

Image 1

१६ भाद्र, काठमाडौँ - माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् ।

शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले मंसिरमा हुने विधान सम्मेलनबाट र त्यसपछि हुने विशेष महाधिवेशनबाट माओवादी शक्तिशाली बन्ने दाबी गरेका हुन् ।

उनले अभियानको मुख्य कार्यभार ५ वटा भएको जानकारी दिए । त्यो कार्यभार शान्तिपूर्ण आन्दोलन र सरकार, संसद र सडक संघर्षबाट पुरा हुने उनले बताए ।

‘हामीले ५ वटा कार्यभार पुरा गर्न तत्कालीन कार्यनीति र रणनीति बनाएका छौं’, उनले भने, ‘शान्तिपूर्ण तरिकाले अगाडि बढाउने र अर्को सरकार, संसद, सडक तीनवटै मोर्चाबाट संघर्षका लागि विशेष अभियान गरेको हो ।

यी सबै कार्यभार माओवादीले मात्र सक्छ ।’ व्यवस्था परिवर्तनको लडाईँ माओवादीले गरेकाले सामाजिक तथा आर्थिक रुपान्तरण पनि माओवादीले नै गर्ने उनको दाबी छ । 

१.राष्ट्रिय कार्यभारमा राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने । 

२. संघर्षपछि प्राप्त उपलब्धीको रक्षा गर्नु हो । परिवर्तन पछिको उपलब्धि अपहरण र प्रहार गर्ने  षड्यन्त्र भइरहेको उनको जिकिर छ ।

३.राजनीति परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु । नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु ।

जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन,  सुखी जीवनयापनका लागि तीव्र गतिमा विकासका कार्य अगाडि बढाउनु । देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु ।

४.शान्ति प्रक्रियालाई पुरा गर्नु । संक्रमणकालीन न्याय पुरा गर्न बाँकी छ । सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पुरा गर्नु । 

५. समाजवादको आधार तयार गरी समाजवाद नेपाल निर्माण गर्नु ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal