(Sunday , 12 May,2024)

 माओवादीको महरालाई आग्रह : सुन तस्करसँगको सम्बन्ध स्पष्ट पार्नुस

NepalNewsLine

NepalNewsLine

Image 1

२८ साउन, काठमाडौं - नेकपा माओवादी केन्द्रले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा महराबारे कुरा उठेको एक पदाधिकारीले जानकारी दिए । सुरुमा प्राप्त प्रमाणले महराको संलग्नता नदेखेको भए पनि अहिले कल डिटेल आएकाले अब महराले यसबारे प्रष्ट पार्नुपर्ने नेताहरुको जोड छ ।

एक क्विन्टल सुन काण्डमा मुछिएका चिनियाँ नागरिकसँग जोडेर प्रश्न उठेपछि उपमहासचिव वर्षमान पुनले स्पष्ट पारेको भन्दै एक नेता भन्छन्, ‘यसमा पनि पहिला त सम्बन्धित व्यक्ति ९महरा० ले प्रष्ट पार्नुपर्‍यो भन्ने कुरा भएको छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal