(Sunday , 12 May,2024)

गठबन्धनको शीर्ष नेताहरुको बैठक बालुवाटारमा

NepalNewsLine

NepalNewsLine

Image 1

२९ साउन, काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रबारे छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द आचार्यले बताए ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् ।

बैठकमा संसदमा सुन प्रकरणलाई लिएर भइरहेको संसद अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशंकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

यस्तै, ललिता निवास प्रकरणमा नेकपा एसका अध्यक्ष माधव नेपाल र नेसपा अध्यक्ष बाबुराम भट्टराईको नाम जोडिएको छ । नेकपा एसका नेता आजै युरोप भ्रमणलाई छोट्याएर नेपाल फर्किएका थिए ।

यस्तै, सुन प्रकरण माओवादीका नेताहरुको नाम जोडिएपछिको प्रसंग, गौर हत्याकाण्ड, कांग्रेसका सांसद सुनिल शर्मा पक्राउलगायतको विषयमा पनि गठबन्धन दलभित्र तरङ्ग पैदा भइरहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal