(Saturday , 11 May,2024)

एमालेको अर्थ तथा योजना विभागको सचिव बनिन् क्रान्ति, केशव स्थापितसहित दुई केन्द्रीय सदस्य भए बिदा

NepalNewsLine

NepalNewsLine

Image 1

२९ साउन, काठमाडौं - नेकपा एमालेले केशव स्थापितसहित दुई केन्द्रीय सदस्यलाई बिदा गरेको छ ।

स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय सोमबारको सचिवालय बैठकले गरेको हो ।

एमालेका एक नेताका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो ।

सोमबारकै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनीत गरेको छ । सो विभागको प्रमुख एमाले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे छिन । उनीभन्दा पहिले घनश्याम भुसाल सो विभागको प्रमुख रहेका थिए ।

यस्तै खानेपानी तथा सरसफाइ सचिवमा आर वशिष्ठ मनोनीत गरेको छ । एमालेले संगठन विभागको सचिवमा माधव ढुंगेललाई मनोनीत गरेको थियो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal