(Saturday , 11 May,2024)

नयाँ मन्त्री अनिता देवीले सोमबार बिहान शपथ लिने

NepalNewsLine

NepalNewsLine

Image 1

२८ साउन, काठमाडौं - जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal