५ भाद्र, काठमाडौँ - नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भइरहेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व भइरहेको छलफलमा कानुनमन्त्री धनराज गुरुङ,
परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी छन् ।
अर्थमन्त्री प्रकाशशरण महत क्यानडामा रहेकाले छलफलमा सहभागी छैनन् । एक मन्त्रीका अनुसार समसामयिक राजनीतिक विषय र कानुन निर्णयका विषयमा छलफल केन्द्रित छ ।
प्रतिक्रिया