(Sunday , 12 May,2024)

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो : केपी शर्मा ओली 

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् । 

बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रुपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन् । 

उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रुपमा संविधान मनाइँरहेका छौ । यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’  

ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकाली देखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको बिषय भएको बताए । 
‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन ।

एउटा विचार,जाति,भूगोल,पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकाली देखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो । साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो’ ओलीले भने । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal