(Sunday , 12 May,2024)

राष्ट्रपति पौडेलले आयोजना गरे संविधान दिवसको अवसर मा रात्रिभोज 

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो ।

त्यसैगरी, मन्त्रीहरु, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।

त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन पनि अनुपस्थित थिए ।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलार्य आमन्त्रण भने गरिएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal