(Saturday , 11 May,2024)

संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री दाहाल

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसको अवसरमा बुधबार शन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले सन्देशमा भन्नु भएको छ –‘ यतिबेला हामी सबै संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा छौं।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको छ ’।

त्यसैगरी प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता भएको शन्देशमा उल्लेख गर्नुभएको छ

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal