(Saturday , 11 May,2024)

कपी साटेर प्राध्यापककी छोरी पास गराएको भन्दै महेन्द्र मोरङका विद्यार्थी संगठन आन्दोलित, त्रिवीको  परीक्षा नियन्त्रकको गाडीमा आगजनि

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, विराटनगर - स्नातक तहमा अध्ययनरत विद्यार्थी सन्ध्या कार्कीको कपी साटेर आस्था दत्तलाई नम्बर दिएको भन्दै महेन्द्र मोरङमा रहेका विद्यार्थी संगठन आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगजनी गर्नुका साथै कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

आस्था महेन्द्र मोरङ क्याम्पसमै कार्यरत राजन दत्तकी छोरी हुन् । मानविकी सङ्काय पहिलो वर्षमा अध्ययनरत कार्कीको थप कपी साटेर आस्था दत्तकोमा एट्याज गरिएको विद्यार्थी सङ्गठनले निकालेको विज्ञप्तिमा दाबी गरिएको छ ।

सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्ष अंग्रेजी विषयको उत्तर पुस्तिका गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थी संगठनको जिकिर छ । उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भएको नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कार्यवाहक सभापति प्रशान्त यादवले दाबी गरे ।

आक्रोशित विद्यार्थीले बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा. १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका छन् ।

दोषीलाई कारबाही नगरिए थप आन्दोलन गर्ने अनेरास्ववियुका इकाई अध्यक्ष केशव भण्डारीले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal