(Sunday , 12 May,2024)

देउवाले मनोनीत गरेका केन्द्रीय सदस्यको योग्यताबारे उठ्यो प्रश्न

NepalNewsLine

NepalNewsLine

Image 1

४ असोज, काठमाडौँ - नेपाली कांग्रेसमा मनोनीत केन्द्रीय सदस्यको योग्यतालाई लिएर प्रश्न उठेको छ।

बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापति शेरबहादुर देउवालाई केका आधारमा केन्द्रीय सदस्यहरू मनोनीत भइरहेका छन् भन्ने प्रश्न गरेका हुन्।

‘आज पनि तपाईं (देउवा) ले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के होरु,’ शर्माले भने, ‘केन्द्रीय सदस्य हुन के-के काम गर्नुपर्छरु के-के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ भन्ने मापदण्ड हुनुपर्दैन र ?’

उनले विचार पुर्‍याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवालाई ध्यानाकर्षण गराएका छन्। जथाभावी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने शर्माले बताए।

शर्माले सोधेका प्रश्नको जवाफ सभापति देउवाले दिइसकेका छैनन्। तर सभापति देउवाले आकांक्षी सबैलाई केन्द्रीय सदस्य मनोनीत गर्न नसकिएको बताए। 

‘केन्द्रीय समितिमा धेरै साथी छुटेका हुन सक्छन्, यस्तै हो के गर्ने१ ठाउँ थोरै छ,’ देउवाले भने, ‘महासमितिमा ठाउँ बढाएर भए पनि ल्याउनुपर्ने अवस्था छ।’ 

यी हुन देउवाले अहिलेसम्म मनोनीत गरेका केन्द्रीय सदस्य:

सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि १९ महिने अवधिमा ३२ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

०७८ मंसिरमा १४ औं महाधिवेशन भएको थियो। शेखर कोइरालालाई हराएर देउवा सभापतिमा निर्वाचित भएका थिए। देउवा १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए।

देउवाको अघिल्लो र अहिलेको कार्यकालका कार्यशैली उस्तै छ। उनले आफूले मनोनीत गर्न पाउने पदमा पनि ढिला गरी मनोनयन गरेका छन्।

विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय सदस्यदेखि विभागहरूमा मनोनीत गरिसक्नुपर्छ। तर देउवाले अझै केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन्।

कोषाध्यक्ष पनि रिक्त छ। ७० मध्ये अहिलेसम्म १६ विभाग प्रमुख मात्रै तोकिएका छन्।

कांग्रेस केन्द्रीय समिति १६८ सदस्यी रहने व्यवस्था छ।

सभापतिमा पराजित उम्मेदवार स्वतस् केन्द्रीय सदस्य हुन्छन्।

कांग्रेसमा १३४ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएर आएका थिए। सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको छ।

सभापति देउवाले बिहीबार ९असोज ४० गते ८ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत भएका हुन्।

यसअघि सभापति देउवाले ०८० वैशाख २२ गते मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। रिजाल १४ औं महाधिवेशनमा नेता शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार थिए, उनी पराजित भएका थिए।

त्यसअघि देउवाले ०७९ साउन ३१ गते १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी  रुकमिनी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटा केन्द्रीय सदस्य भएका थिए।

०७८ पुस १७ गते सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य बनाएका थिए।

भोलिपल्ट पुस १८ गते सभापति देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

सभापति देउवाले मनोनीत गरेकामध्ये रामचन्द्र पौडेल पार्टीमा क्रियाशील छैनन्। ०७९ फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए। त्यसपछि उनले कांग्रेससँगको आबद्धता टुंग्याएका थिए।

सभापति देउवाले अझै २ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी देखिन्छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal