(Saturday , 11 May,2024)

संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन आवश्यक छ : कार्यवाहक प्रधानमन्त्री खड्का 

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, काठमाडौं - कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधानको पूर्ण पालना र कार्यान्वयनका लागि सबै एकताबद्ध हुन जरुरी भएको बताएका छन् । 

संविधान दिवस, २०८० को अवसरमा आज टुँडिखेलमा आयोजित विशेष समारोहमा शुभकामना दिदै उनले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले संविधानले नेपाली जनतालाई सार्वभौमसक्ता सम्पन्न बनाउनुका साथै नागरिकहरुको राजनीतिक,सामाजिक, तथा आर्थिक अधिकारलाई पूर्णतह संरक्षण गरेको र त्यसको कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले संविधानको पूर्ण कार्यान्वयनमा सबै एक भएर लाग्नुपर्ने आवश्यकता भएको बताए । 

उनले भने, ‘यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मूलुकका रुपमा स्थापित गरेको छ । यसले संविधानमा अभिव्यक्त नेपाली जनताको चाहना बमोजिम मूलुकमा जनउत्तरदायी एवं जनमुखी साशन व्यवस्था स्थापना तथा सञ्चालनमा हामी दृढ संकल्पित छौ । यो संविधानको पूर्ण परिपालना र कार्यान्वयनमा हाज हामी सबै एकताबद्ध हुन जरुरी छ ।’ 

उनले संविधनप्रति सबैको उच्च सम्मान र सर्मपणले मात्रै देशलाई संमृद्ध लोकतन्त्रको नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । खड्काले संविधानको कार्यान्वयन गर्र्दै देशमा राजनीतिक स्थायित्व र सुशासन कायम गरी जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर लागेको बताएका छन् । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal