५ असोज, बुटवल - बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।
झडपमा १० जना भएका छन् । सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए ।
ती घाइते मध्ये एक जनाको मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए ।
उनले झडपको कारण खुल्न नसकेको बताए ।
सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए ।
अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए ।
बालगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो ।
बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
प्रतिक्रिया