(Sunday , 12 May,2024)

कोशी प्रदेश - बजेट अध्यादेश संसदमा पेश

NepalNewsLine

NepalNewsLine

Image 1

१ भाद्र, विराटनगर - कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ । 

गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेशमार्फत ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकारको  प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता लिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समीकरण  र परिस्थिति बदलिएका कारण अस्वीकारको प्रस्ताव फिर्ता लिएको बताए ।

अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेटसम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् । 

संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्नेछ । अध्यादेश भने भदौ १० गतेपछि निस्क्रिय हुनेछ

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal