(Saturday , 11 May,2024)

 भदौ ३ गते कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने

NepalNewsLine

NepalNewsLine

Image 1

१ भदौ, विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् ।विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको उनले बताए ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

उनको विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ जना सांसद छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal