(Sunday , 12 May,2024)

धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

NepalNewsLine

NepalNewsLine

Image 1

१ भदौ, विराटनगर - कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् ।

धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरे ।

जिल्ला तहबाट आपतकाल घोषणा गर्न आग्रह गरे पनि संघ र प्रदेश सरकारले चासो नदिएको उनले गुनासो गरे । स्वास्थ्य आपतकाल घोषणा गरि उपचार प्रभावकारी बनाउन उनले माग गरे ।

गत वैशाखदेखि धरानमा फैलिएको डेंगुका कारण ११ जनाको मृत्यु भइसकेको छ । १२ हजार १८४ जना संक्रमित छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal