(Sunday , 12 May,2024)

 कोशी प्रदेश सभा : राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर 

NepalNewsLine

NepalNewsLine

Image 1

२ भाद्र, काठमाडौं - कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।

लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गरेका छन् ।

अध्यक्ष लिङदेनले कुन पार्टीका सांसदलाई भनेर उल्लेख नगरे पनि राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैया दिने प्रस्ताव आएको निकट स्रोतले जनाएको छ ।

राप्रपाले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएकाले सांकेतिक रुपमा उनले यो खुलासा गरेको राप्रपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ ।

गठबन्धनसँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal