(Monday , 25 November,2024)

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार अभियुक्तलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याईयो

NepalNewsLine

NepalNewsLine

काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका अभियुक्तलाई  कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका(८ घर भएका ३१ वर्षीय उमेश लामालाई उक्त मुद्दामा कारबाही गर्न प्रहरीले मंगलबार नेपाल फिर्ता ल्याइएको हो ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो ९एनसिबी० काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal