(Sunday , 12 May,2024)

१ करोड पैँसा चोरी, ९ नेपाली पक्राउ

NepalNewsLine

NepalNewsLine

२८ भाद्र, धनगढी- भारतबाट एक करोड भारतीय रुपैयाँ चोरी गरेर नेपाल आउन लागेका ९ जना नेपाली पक्राउ परेका छन् । भारतिय प्रहरीले
कञ्चनपुर जिल्लाको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको भारतको लखिमपुर जिल्लाको सम्पूर्णानगरबाट उनीहरुलाई चोरीको रकमसहित पक्राउ गरेका हुन् ।

सोमवार राति दिल्लीमा चोरी गरेर नेपाल फर्कदै गर्दा मंगलवार राति पक्राउ परेको हो । पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । भारतीय प्रहरीले पक्राउ गरेकाहुँदा उनीहरूको ’दयगत विस्तृत विवरण नेपाल प्रहरी र सशस्त्रलाई समेत उपलब्ध गराइएको छैन ।

भारतको लखिमपुर जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेको तर विस्तृत विवरण प्राप्त नभएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताएका छन् । पक्राउ पर्नेमा बझाङ बाजुरा र अछाम जिल्लाका व्यक्ति रहेको भन्ने सुन्नमा आएको पनि आधिकारिक पुष्टि भने नभएको डिआइजी न्यौपानेले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal