(Sunday , 12 May,2024)

भारतीय सीमा नजिक हुँदा लागु औषध नियन्त्रण गर्न प्रहरीलाई चुनौती

NepalNewsLine

NepalNewsLine

२७ भाद्र, उदयपुर- लागु औषधका कारोबारी र यसको ओसार पसार, प्रयोग नियन्त्रण गर्न उदयपुर प्रहरीलाई चुनौती पूर्ण भएको छ । उदयपुरमा सिराहाको लाहान बजारबाट लागु औषध कारोबार हुने गरेको छ ।

भारतीय सीमा नजिक भएकोले लाहान लागु औषध कारोबारीहरूको ट्रान्जिट प्वाइन्ट भएकोले र भारतीय लागु औषध कारोबारीले लाहानसम्म ल्याउने र त्यहाँबाट उदयपुर सिराहा सप्तरी धनुषा लगायतका जिल्लामा लागु औषध ओसार पसार बिक्री वितरण तथा प्रयोग गर्नेहरु समक्ष पुग्ने गरेको बताइएको छ ।

उदयपुरमा गत आर्थिक वर्ष २०७९/०८० मा एकसय जनालाई लागु औषध कारोबार गरेकोमा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा ९९ जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार गत आर्थिक वर्षमा प्रहरीले लागु औषधका ६३ मुद्दा दर्ता गरेको छ ।

लागु औषध कारोबारीबाट प्रतिबन्धित टिटिमा ३६ वटा मुद्दा दर्ता गरेको छ । यसमा ५७८ जना पुरुषबाट फेनारगन ५४९ एम्पुल,डाइजेपाम ३३४ एम्पुल, बुप्रिनोरफिन ४४५ एमपुल, डाइजेल्याव २९५ एमपुल पक्राउ गरेको थियो । यसैगरी लुपि जेसिक ११६ एमपुल, लिजेसिक ५५ एम्पुल, फेनिरामिन ३ एमपुल, एल्जिक ७ एम्पुल पक्राउ गरेको थियो ।

ब्राउन सुगर१५ ग्राम ३२२ मिलिग्राम, गाँजा १ सय ५१ किलो ५ सय ७१ ग्राम, अन्य गोटी ट्रामाडोल ४९५ गोटी, नाइट्रोभेट, ५१८गाटी, नाइट्रोसन १६गोटी, नाइट्राजेपाम १२० गोटी, डाइलेक्स डिसी ९ बोतल र सिरिन्ज ट थान पक्राउ गरैको थियो । ब्राउन सुगरमा ९ जनालाई , गाँजामा १५ जनालाई, गोटी अन्यमा ९ जनालाई मुद्दा दर्ता गरी कार्वाही भैरहेको सूचना अधिकारी चोधरीले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal