(Sunday , 12 May,2024)

सुनको मूल्य तोलामै हजार रुपैँयाले घट्यो

NepalNewsLine

NepalNewsLine

२८ भाद्र, काठमाडौं- सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ । 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको छ । 

त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal