(Tuesday , 03 December,2024)

माल्दिभ्स विरुद्ध नेपाल ११-० गोलले विजयी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं। साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले माल्दिभ्समािथ गोलको वर्षा गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो ।

नेपालको फराकिलो जीतमा रेखा पौडेल र प्रीति राईले ह्याट्रिक गरे । रेखाले ५ र प्रीतिले ३ गोल गरे ।

खेलमा पहिलो गोल नेपालले सातौं मिनेटमा गरेको थियो । प्रीतिले नेपाललाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा ४-० गोलले अगाडि रहेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । ७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि रेखाले पनि ५ गोल गरेकी थिइन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२ औं मिनेटमा गोल गरेकी रेखाले ४८ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

उनले ६३ र ७८औ‌ मिनेटमा २ गोल थपेकी थिइन् । रेखा प्रतियोगिताकी म्यान अफ दि म्याच घोषित भएर नगद २५ हजार हात पारिन् ।

नेपालका लागि सविता रानामगर, अमिषा कार्की र अनिता केसीले पनि एकएक गोल गरेका थिए ।

नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो । माल्दिभ्सलाई हराएपछि नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ । नेपालको २ खेलबाट ४ अंक भएको छ ।

भुटानको पनि २ खेलबाट ४ अंक छ । भुटानले सोमबार भएको खेलमा श्रीलंकालाई ४-१ गोलले हराएको थियो ।

पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal