(Friday , 10 May,2024)

पहिलो बेसबल फाइभ च्याम्पियनसिप हुँदै

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेपालमा पहिलोपटक राष्ट्रिय बेलबल फाइभ च्याम्पियनसिप हुने भएको छ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा तथा बागमती प्रदेश बेसबल संघको सह–आयोजनामा दुईदिने प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता बुधवार र बिहीवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ।

प्रतियोगिताको तयारी पनि पूरा भएको संघका अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए। 

नेपालमा सन् २०२३ देखि खेल्न शुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना हुन लागेको हो। पहिलो संस्करणमा सातवटा प्रदेशका टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।

प्रत्येक टिममा आठजना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहनेछन्। सो टिममा दुईजना महिला खेलाडी अनिवार्य हुनुपर्नेछ। पाँचजनाको प्लेइङ सेटमा भने एक महिला खेलाडी अनिवार्य गरिएको संघले जनाएको छ।​

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ। डब्लुबिसिएसीको नियमअनुसार पाँच इनिङको खेल हुनेछ। प्रत्येक समूहका दुई वटा टोलीलाई सुपर राउण्ड रोबिनका गराइनेछ।

त्यहाँबाट सेमिफाइनल र फाइनल खेलाइने संघले उल्लेख गरेको छ। प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउनेछन्।

संघका अध्यक्ष दीपक न्यौपानेले सातवटै प्रदेशको टोलीलाई प्रदेश छनोटबाट राष्ट्रिय प्रतियोगितामा समावेश गरिएको बताए। उनले बेस्ट अफ फाइभ भनेको ग्लोभ्स र ब्याटको आवश्यकता नहुने उल्लेख गरे।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्ने भएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal