(Friday , 10 May,2024)

दोस्रो NBSA Laligurans Cup को उपाधि नेपाल पुलिस स्कुललाई

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ ।  डिसेम्बर १-२ मा बुढानिलकण्ठ स्कुलमा भएको प्रतियोगितामा नेपाल प्रहरी स्कुलले भक्तपुर राइजिङ स्टारलाई फाइनलमा ९-३ स्कोरले पराजित गरि उपाधि कब्जा गरेको छ।

नेपाल बेलबल तथा सफ्टबल संघले लालिगुरान्स क्लब जापानको सहयोगको गरेको उक्त प्रतियोगिताको समापनमा राखेपका सदस्य सचीव टंकलाल घिसिङ,संघका अध्यक्ष दिपक न्यौपाने,वरिष्ठ उपाध्यक्ष प्रदिप खत्री,कोषाध्यक्ष उपेन्द्र लामा तथा कार्यक्रम संयोजक संघका सचिव सन्जिव फुयाल केसि लगायतको उपस्थित थियो।

खेलमा बेस्ट पिचर पुलिसका अर्पण राइ,बेष्ट क्याचर पुलिसकै सबिन थापा भएका थिए। नेपाल पुलिस स्कुल,भक्तपुर राइजिङ स्टार,बुढानिलकण्ठ निलो र हरियो तथा गोर्खा क्रु क्लब ए र बि गरि छ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता राउन्ड रोबिनको आधारमा खेलाइएको थियो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal