(Friday , 10 May,2024)

फुटबलर सावित्रा भण्डारीलाई सम्मानित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । लमजुङको बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी ३१औँ त्रिवेणी कपको समापन कार्यक्रममा आज भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० । हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गरे । लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताए । 

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन् । यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ । 

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने खेल्छिन् । नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले समेत परिचित साबित्रा महिला फुटबल खेलाडीमा आफूलाई स्थापित गर्दै अघि बढेकी छिन् । - रासस 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal