एजेन्सी - जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले हराएको छ ।
लखनउले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर तथा विकेटकिपर ईशान किशनले ५९ रनको अर्धशतकीय ईनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोईनिसले अविजित ८९ रन बनाए ।
जितसँगै १३ खेलमा १५ अंक जोडेको लखनउ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १४ अंकसहित चौथो स्थानमा रहेको मुम्बईको पनि प्ले अफ्मा छनौट हुने संभावना बलियो छ ।
प्रतिक्रिया