(Friday , 10 May,2024)

घरेलु मैदानमा हुने छनोटमा शीर्ष दुईभित्र परे नेपालले टी-२० विश्वकप २०२४ खेल्ने

NepalNewsLine

NepalNewsLine

Image 1

३१ वैशाख, काठमाडौं - नेपालले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्दैछ। 

भारतमा अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपका लागि हुने छनोट प्रतियोगिताबाट दुई टिमले भारतको टिकट काट्नेछन्। विश्वकप छनोट प्रतियोगितामा चार टेस्ट राष्ट्रसहित नेपालले पनि भाग लिँदैछ। 

१० टिमको यो प्रतियोगितामा नेपालले कम्तिमा दुई टेस्ट राष्ट्रसँग पहिलो पटक एकदिवसीय खेल खेल्नेछ। 

विश्वकप छनोट प्रतियोगितापछि नेपालले एसिया कप खेल्ने तालिका छ। पाकिस्तानमा हुने भनिए पनि एसिया कप कुन देशमा हुने अझै टुंगो लागेको छैन। 

सेप्टेम्बरमा हुने तय एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले प्रतिस्पर्धा गर्नेछ। पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको नेपाल एसिसी प्रिमियर कप च्याम्पियन भएर छनोट भएको थियो।

एसिया कपपछि नेपालले घरेलु मैदानमा सन् २०२४ को टी-२० विश्वकप छनोट खेल्ने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवहाक सचिव दुर्गाराज पाठकका अनुसार आइसिसीले नेपाललाई एसिया कप छनोट प्रतियोगिताको जिम्मा दिएको छ। 

छनोट प्रतियोगिता आयोजनाका लागि युएई, कतार र ओमानले पनि प्रस्ताव पेश गरेका थिए। तर नेपाललाई आइसिसीले छनोट प्रतियोगिताका लागि जिम्मा दिएको छ। 

प्रतियोगिता प्रतियोगिता नोभेम्बर पहिलो सातादेखि गर्ने तयारी गरिए पनि अहिलेसम्म मिति भने पक्का भइसकेको छैन।

एसियाका आठ टिमबीच हुने छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुर मैदान र मुलपानी मैदानमा गराउने क्यानको भनाइ छ। 

टी-२० विश्वकप २०२४ मा २० टिम

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। 

पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा पहिलोपटक २० टिमले सहभागिता जाउँदैछन्।

२०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ।

गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्। जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्। 

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्दैछ। 

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो। जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाइसकेका छन्। 

अब बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोट हुनेछ। 

सिधा छनोट भएका टिम 

टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम  (अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका) आयोजक अमेरिका र वेस्ट इन्डिज गरी २ टिम 
आइसिसी विश्व वरीयताका २ टिम (अफगानिस्तान र बंगलादेश)
जम्मा १२ टिम

क्षेत्रीय छनोटबाट 
अफ्रिका – २ टिम 
अमेरिका –  १ टिम 
एसिया – २ टिम 
इस्ट एसिया प्यासेफिक – १ टिम 
युरोप  -२ टिम 
जम्मा – ८ टिम 

पहिलो चरणको एसिया छनोट 

एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाइसकेको छ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन अन्तिम छनोटमा पुगिसकेका छन्। 

अब प्रारम्भिक छनोटबाट दुई टिम एसिया छनोटको अन्तिम चरणमा पुग्नेछन्। 

एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुग्नेछन्। 

एसिया छनोटका शीर्ष दुई टिम विश्वकपमा
बहराइन, नेपाल, ओमान, हङकङ, सिंगापुर, युएई, छनोट ए विजेता, छनोट बी विजेता – दुई टिम टी-२० विश्वकप २०२४ मा पुग्ने।

पहिलो चरणको छनोट आगामी अगस्टपछि हुनेछ। त्यसपछि एसियाको अन्तिम चरणको छनोट नोभेम्बरमा नेपालमा हुनेछ। 

यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया छनोट खेल्न लागेको हो। यो छनोटको शीर्ष दुईमा पर्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal