(Friday , 10 May,2024)

आईपीएलमा गुजरात र मुम्बइ भिड्दै

NepalNewsLine

NepalNewsLine

Image 1

२९ वैशाख, काठमाडौं - भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाईटन्स भिड्नेछन् । यो खेल मुम्बईको घरेलु मैदान वांनखडेमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

यी दुवै टोली सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । सिजनको पहिलो खेलमा गुजरात ५५ रनले विजयी भएको थियो ।

मुम्बई यस खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । गुजरात पनि यस खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।

मुम्बई चौथो स्थान र गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal