(Friday , 10 May,2024)

लेबनानले साफ च्याम्पियनसिप खेल्ने

NepalNewsLine

NepalNewsLine

Image 1

२५ वैशाख,काठमाडौं - भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा लेबनानले सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ।

साफ च्याम्पियनसिप आगामी असारमा आयोजना हुनेछ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।

यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो ।

तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् ।

अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।

माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपाल उपाधि भिडन्तमा भारतसँग ३(० ले पराजित भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal