२ जेठ, काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९ औं मिनेटमा लाकेन लिम्बुले मिडफिल्डबाट शानदार गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो ।
तर अग्रता जोगाउन नसक्दा थ्री स्टारले नियमित समयको ४ मिनेट बाँकी रहँदा आर्मीका दिनेश हेन्जनको हेडर गोल खान पुग्यो ।
८६ औं मिनेटमा सुदिल राईको क्रसमा दिनेश हेन्जनको हेडर गोलमा परिणत भएको हो ।
यस बराबरीसँगै थ्री स्टार १८ खेलमा २६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । आर्मी भने १८ खेलमा २५ अंकसाथ छैटौं स्थानमा छ ।
प्रतिक्रिया