(Sunday , 12 May,2024)

 साताको पहिलो दिन शेयर बजारमा ५२ अंकले वृद्धि

NepalNewsLine

NepalNewsLine

Image 1

३ असार, काठमाडौं - साताको सुरुकै दिन शेयर बजार परिसूचकले हाफ सेन्चुरी हान्दा नेप्से २१ सय नजिक पुगेको छ ।

कारोबार पनि ५ अर्ब नजिक पुगेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ५२ अंकले उकालो लागेर २ हजार ९४ कायम भएर थामिएको हो ।

बजेटमा गरिएको करको समस्या सुल्झिनु, तरलता सहज हुँदै जानु र ब्याजदर पनि घट्दैगएसंगै लगानीकर्तामा उत्साह बढेको विश्लेषण गरिएको छ । आइतबार मात्र बाणिज्य बैंक समूह नगन्य अंकले रातो रहेबाहेक बाँकी सबै समूहमा हरियाली छायो ।

जीवन बीमा, होटल तथा पर्यटन समूहमा ६ प्रतिशतमाथिको वृृद्धि आयो । निजीवन बीमा समूह पनि साढें ४ प्रतिशतले उकालो लाग्दा जलविद्युत समूह पनि ४ प्रतिशतले बढ्यो । व्यापार समूह पनि साढें ३ प्रतिशले उक्लिंदा बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।

आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८० कम्पनीको १ करोड २१ लाख कित्ता बराबर शेयर ४ अर्ब ८७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ९० कम्पनीको मूल्य बढ्दा २८ कम्पनीको घट्यो । आइतबार दर्जन बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal