(Saturday , 11 May,2024)

सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने

NepalNewsLine

NepalNewsLine

Image 1

२८ भदौ, काठमाडौं- सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ । भदौ २७ गते  बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको साथै बैंकले १७.७ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता भएपनि हाल १४.७ प्रतिशत मात्रै लाभांश दिने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरिनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal