(Sunday , 12 May,2024)

नेप्से ५.८९ अंकले भारी गिरावट

NepalNewsLine

NepalNewsLine

Image 1

८ असोज, काठमाडौँ - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । 

आईतवार १९.४२ अंक गिरावट आएको नेप्से परिसूचक सोमवार  ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.९४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७३ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आईतवारको तुलनामा सोमवार कारोबार रकममा पनि गिरावट आएको छ । आईतवार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । 

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ ।

त्यस्तै,लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ०.९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।

सोमवार नेप्से परिसूचकमा गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal