(Sunday , 29 September,2024)

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

NepalNewsLine

NepalNewsLine

Image 1

पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले नेपाल प्रेसलाई बताए । उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।

गत भदौ २७ गते प्रतिबन्धित औषधि ९लागुऔषध० टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती युवकले उक्त लागुऔषध ढाकाकुमारले सञ्चालन गरेको फार्मेसीबाट ल्याएको बताएका थिए ।

बयान दिएको ती व्यक्तिलाई भने अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal