(Saturday , 11 May,2024)

अनशनरत चापागाईँको सत्याग्रहमा आरजु राणाको ऐक्यबद्धता

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको अस्वाभाविक शुल्क वृद्धि फिर्ताका लागि पहल गर्ने बताएकी छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस पुगेर अनशनरत  सुलभ चापागाईँको मागमा प्रतिबद्धता जनाउँदै उनले यस्तो बताएकी हुन् । 

शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाईँ मङ्गलवारदेखि अनशनमा बसेका छन् । राणाले आईओईले गरेको मूल्य वृद्धिको विरोध गर्दै चापागाईँको आन्दोलन अब सिङ्गो पार्टीको भएको बताइन् ।

‘सुलभ चापागाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना  छ । तपाईंको आन्दोलन अब सिङ्गो पार्टीको आन्दोलन भयो,’ उनले भनिन्, ‘तपाईँ छोरा सम्मान हुनुहुन्छ । तिम्रो साहस र सत्याग्रहलाई उच्च समान छ।’

यो विषयमा आफू गम्भीर भएको भन्दै राणाले शुल्क वृद्धि फिर्ताका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै उनले सरकारी संस्थालाई राज्यस्तरबाट सम्पूर्ण सेवा सञ्चालन गर्नका निम्ति जोड दिनुपर्ने बताइन् ।

‘आर्थिक अभाव र जेहेन्दार विद्यार्थीहरुलाई राज्यले विशेष रूपमा उच्च शिक्षामा जोड दिनुपर्छ । भाइको आन्दोलनले थप सरोकारवाला निकायलाई ध्यानाकृष्ट गरेको छ,’ राणाले भनिन् । अनशनरत चापागाईँको स्वास्थको ध्यान दिन पनि सम्पूर्ण जिम्मेवार पक्षलाइ उनले ध्यानाकर्षण गराएकी छिन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal