(Saturday , 11 May,2024)

 एमालेकी सांसद भगबती चौधरीले गरिन लुम्बिनी, तिलौराकोटको अध्ययन, अवलोकन

NepalNewsLine

NepalNewsLine

Image 1

१० भाद्र लुम्बिनी- एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्थलगत निरीक्षण र अध्ययन नेकपा एमालेकी सांसद भगबती चौधरीेले गरेकि छन ।  पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी शुक्रबार लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

सांसदचौधरीले लुम्बिनी र तिलौराकोटको भ्रमण गर्नुको मुख्य उदेश्य सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य चौधरीेकै नेतृत्वमाअगाडी बढिरहेको छ, निटक भविष्यमा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकमा कसरी भगवान गौतम बुद्धको ऐतिहासिकता, धार्मिकतालाई समावेश गर्न सकिन्छ भन्ने रहेको छ । 

सो अवसरमा सांसद चौधरीले तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्र अवलोकन गर्दै लुम्बिनी विकास कोषले दरबारको संरक्षण, उत्खनन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन् साथै भगवान गौतम बुद्धको जन्मस्थलबाट नेपाललाई धार्मिक पर्यटकीय मुलुक बनाउँदै विश्वभरबाट पर्यटन भित्र्याएर देश विकास गर्न सकिने पनि बताइन् । 

शान्तिका अग्रदुत भगवान गौतम बुद्धले दिएको ज्ञान र उपदेशलाई विश्वभर फैलाउन र लुम्बिनीको बृहत्तर विकासका लागि आफु काम गर्ने बताउँदै सुनसरी क्षेत्र नं. ३ मा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकको निर्माणमा आवश्यक सल्लाह र सहयोग गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।

चौधरीले स्थानीय नेताहरुसँग अन्तरक्रिया गर्दै लुम्बिनीको विकास गर्न स्थानीय तहका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने तथा कोषले समेत स्थानीय जनतालाई साथमा लिएर उनीहरुको जनजिवीकाका सवालमा काम गर्नुपर्ने जिकीर गरिन् ।

युवाहरु विदेशिने क्रम बढिरहेको र उनीहरुलाई स्वदेशमै काम गर्ने, स्वदेशमै बस्ने र आत्मनिर्भर हुन प्रेरित गर्ने योजना बनाउनु पर्ने बताईन। त्यसका लागि अब स्थानीय जनताले पनि आफ्ना अधिकार प्रति सजग हुनै पर्ने चौधरीले बताईन।

भ्रमणमा चौधरीले लुम्बिनी बृहत्तर विकास क्षेत्रका मोनास्टिक, सम्राट अशोकको स्तम्भ, तिलौराकोटको संरक्षित दरबार क्षेत्र, जोडी स्तुप, ऐतिहासिक जगदिशपुर ताल लगायतका क्षेत्रहरुको अवलोकन गरेकी थिइन् ।

भ्रमणमा लुम्बिनी विकास कोषका सदस्य मेखबहादुर बुढाथोकीले सहजीकरण गरेका थिए । उनले लुम्बिनीको धार्मिक, ऐतिहासिक, सांस्कृतिक पक्षलाई संरक्षण गर्न राज्यले विशेष गुरुयोजना बनाउनु पर्ने, पर्यटन प्रवद्र्धनका स्थानीयलाई समेटेर अगाडी बढ्नु पर्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal