(Sunday , 12 May,2024)

दुर्गा प्रसाईले गरे काठमाण्डौको होटल उडल्याण्डमा पत्रकार सम्मेलन

NepalNewsLine

NepalNewsLine

Image 1

११ भाद्र, काठमाडौ - दुर्गा प्रसाई अध्यक्ष रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेको छ । हाल देशको संटान्मुख आर्थिक अवस्थाबारे सरकारलाइ ध्याकर्षण गराउन पत्रकार सम्मेलन गरेका हुन । 

यस समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत विभिन्न आन्दोलन तथा कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि स्वयम दुर्गा प्रसाई रहेका छन ।

कार्यक्रममा बाल्दै उनले सरकारले अबलम्बन गरेको आर्थिक नितिका कारण धरासासायि भएको सामाजिक अर्थतन्त्रले गर्दा देशमा रोजगारिका अवसरहरु गुमेर दिन प्रतिदिन नेपाली युवाहरु पेट पाल्नकै निमित्त विदेशका गल्ली गल्लीमा भौतारिन बाध्य भएको बताए ।  

राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले पहिचान र परिवर्तनका नाममा केहि अवसरवादीहरुले अनेकौं बहानावाजी र भ्रम छर्दै हिँडेको भन्दै प्रेस विज्ञप्ती पनि जारी गरेको छ । 

पहिचानको नाममा सनातनी धर्म र संस्कृती, मुल्य र मान्यतालाई खण्डीत गर्ने अभीप्रायले गाईलाई बलत्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायीक युद्धको सिर्जना गरेको भन्दै सम्पूर्ण नेपालीलाई चनाखो भई संयमित बन्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ । 

विज्ञप्तीमा लेखिएको छ, “मिती २०७९ साल फाल्गुण १ गतेका दीन श्री ५ ज्ञानेन्द्र विरविक्रम शाहदेव सरकारको वाहुली बाट झापाको मेचि पुलमा पानसमा दीप प्रज्वलन गर्दै शान्तिको प्रतिक परेवा उडाएर सुरु गरीएको यस राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरीक बचाउ महाअभियान ले थालनी गरेको आन्दोलनको बारेमा त यहाँहरु सबैलाई सर्वविदितै छ ।

हाम्रा पुर्खाहरुले पानी समेत नखाई अझै सुत्केरी आमा हरुले समेत पिठ्यूँमा दुधे नानीलाई च्यापी अंग्रेज हरुसंग युद्ध लडेर रगत र पसिना संग साटेर जोगाएको यो मुलुक, सदीयौं देखी ‘वसुदैव कुटुम्बक’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै मिलेर बसेका हामी बहुजाती, बहुभाषी, बहुधार्मीक र बहुसांस्कृतीक नेपाली नागरीकहरुमा जातीयता र धर्मको नाममा विष छरेर जनतालाई एक आपसमा विभाजन गराई बिदेशिहरुको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरुप अहीले पहिचानको नाममा हाम्रो सनातनी धर्म र संस्कृती, मुल्य र मान्यतालाई खण्डीत गर्ने अभीप्रायले गाईलाई बलत्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायीक युद्धको सिर्जना गर्दै छन् र यसमा हामी सम्पूर्ण नेपाली दाजुभाई दीदी बहीनीहरु चनाखो भई संयमित बन्नु पर्ने अवस्था आएको छ ।

पहिचान भनेको कुनै एक जात जाती वा समुदायमा मात्र निहित हुने विषय हैन यो त यस नेपाल अधिराज्यभर बसोबास गर्ने सारा नेपालीहरुले सदीयौ देखी मान्दै आएको आफ्नो आफ्नो संस्कृती, भेषभुषा, भाषा, रहनसहन, रितीरीवाज र संस्कार लाई गर्वका साथ अपनत्व गर्ने र आफुले गरेका गतीविधिहरुले अन्य सम्प्रदाय हरुलाई असर नपुग्ने गरी गरीने चालचलन हो । तर पहिचान र परिवर्तनका नाममा केहि अवसरवादी हरुले अहिलेको विषम परिस्थितीमा अनेकौं बहानावाजी र भ्रम छर्दै हिँडेका छन् । यस सन्दर्भमा हामीले कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती तथा नागरीकहरुको जिवन रक्षा र गाँस, बास, कपासको सुनीश्चीतता का खातीर एक भएर उभिनु पर्ने बेला आएको छ ।

सरकारले अवलम्वन गरेको आर्थीक नितीका कारण धरासायी बनेको सामाजीक अर्थतन्त्र ले गर्दा मुलुक आर्थीक संकट वाट विक्षिप्त बनेको छ, व्यपार व्यवसाय ठप्प छ देशमा रोजगारीका अवसरहरु गुमेर दिन प्रतिदीन नेपाली यूवाहरु पेट पाल्नकै निमित्त विदेशका गल्ली गल्लीमा भौतारीन बाध्य छन् । बैंक, लघुवित्त तथा सहकारी हरुबाट पिडीतहरुले दीनदीनै आत्महत्या गर्न विवश छन्, अतः सम्पूर्ण नेपाली दाजुभाई दीदी बहिनी हरुमा हामी यो आग्रह गर्न चाहान्छौ की अब हामी केहि दीन भित्रैमा आम नेपाली नागरीकहरुको जिवन रक्षा, गाँस, वास र कपासको सुनीश्चित गर्ने तथा बैंक, लघुवित्त र सहकारी पिडीतहरुको पिडालाई अन्त्य गर्दै दीगो आर्थीक विकास, रोजगारी, समुन्नती र शान्ति स्थापनाको लागी निर्णायक आन्दोलनको घोषणा गर्दै छौं र अब हुने वार या पारको अन्तिम लडाई ले हामी नेपाली नागरीकहरुलाई गाँस, बास, कपास र शान्तिका लागी पुनः आन्दोलन गर्नु पर्ने छैन र यो नै नेपालको इतिहासमा नेपाली हरुका लागी अन्तिम आन्दोलन हुने छ भन्ने विश्वास दीलाउँदै अब हुने आन्दोलनमा यहाँहरु सबैको साथ र सहयोग रहने छ भन्ने विश्वास लिएका छौं ।” 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal