(Saturday , 11 May,2024)

कर्णाली सरकारको बेरुजु ४ अर्ब बढी, बेरुजु घटाउने अभियानमा लाग्न निर्देशन

NepalNewsLine

NepalNewsLine

Image 1

सुर्खेत- कर्णालीका अर्थमन्त्री बेदराज सिंहले बेरुजु घटाउनका लागि अभियानकै रूपमा लाग्न निर्देशन दिएका छन् । प्रदेश अन्तर्गतका कार्यालयका प्रमुख र लेखा प्रमुखहरूलाई बेरुजु घटाउने अनिवार्य दायित्व हो भन्ने सम्झिन निर्देशन दिए । 

प्रदेश राजधानीमा आइतबारदेखि सुरु बेरुजु व्यवस्थापनसम्बन्धी एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले सबैले आफ्नो जिम्मेवारीलाई मनन् गरेर काम गर्नुपर्ने बताए । यदि त्यसरी काम गरेको खण्डमा बेरुजु समस्या न्यूनीकरण हुने विश्वास व्यक्त गरे । प्रतिशतका हिसाबले सात प्रदेशमध्ये कर्णाली प्रदेशको बेरुजु धेरै देखिएको भन्दै मन्त्री सिंहले यसको न्यूनीकरणका लागि सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए । 

साथै उनले सरकार र राष्ट्रसेवक कर्मचारी जिम्मेवार र जबाफदेही बन्नुपर्ने बताए । ‘असल मनासयले काम गर्दा गर्दै पनि कहिले काहीँ अपजस खेप्नुपर्ने अवस्था छ,’ मन्त्री सिंहले भने,‘ कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु ।’ 

आर्थिक अनुशासन र सुशासन कायम गर्ने जिम्मेवारी सरकारका पदाधिकारी कर्मचारीको दायित्व भित्र पर्ने भएकाले अपजस खेप्नुपर्ने अवस्थालाई अन्त्य गर्ने गरी कार्य जिम्मेवारीमा लाग्न पनि सिंहले कर्मचारीलाई आग्रह गरे । 

नियमित बेरुजु धेरै रहेकाले यसलाई समयमै फर्छ्योट गर्न कार्यालय प्रमुखहरूलाई उनले निर्देशन दिए । असुल उपर गर्नुपर्ने बेरुजुलाई असुल गर्न र पेस्की फर्छ्योटलाई तदारुकता दिनुपर्ने सुझाव उनको थियो ।

 प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कर्णाली प्रदेश सरकारको बेरुजु ४ अर्ब ३६ करोड रहेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal