(Saturday , 28 September,2024)

पदको दुरूपयोग नगरी बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरूपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।

उनले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकता अनुसार विभिन्न ठाउँमा आएको प्राथमिकता अनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकता अनुसार सकेको गरिएको छ ।’

उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकता अनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए । उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताए ।

‘बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु । आवश्यकता अनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनुभएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु। नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु ।’ उनले भने।

उनले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरे । उनले भने, ‘बजेट प्रणालीमै समस्या छ । जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं । त्यो प्रणालीमा नै समस्या छ । छलफल स्वभाविक छ ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal