(Saturday , 11 May,2024)

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

NepalNewsLine

NepalNewsLine

Image 1

२१ वैशाख, काठमाडौँ -  परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । बेलायतका  राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्  ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो । 

सो अवसरमा उनीअन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal