(Sunday , 12 May,2024)

काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी तीव्र

NepalNewsLine

NepalNewsLine

Image 1

२३ वैशाख, काठमाडौं - काठमाडौँलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी तीव्र पारिएको छ ।

तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न ठाउँमा सिसिटिभी जडान गर्न थालिएको छ । काठमाडौँलाई ‘सिसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न ठाउँमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको छ । काठमाडौँमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले बताउनुभएको छ ।

उहाँका अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षाका लागि झण्डै दुई सय ४२ वटा ‘सिसिटिभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रारम्भिक अनुमान छ ।

अहिले काठमाडौँ महानगरसहित बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सिसीटिभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal