(Saturday , 11 May,2024)

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज साँझ ५ बजे बस्दै

NepalNewsLine

NepalNewsLine

Image 1


२२ वैशाख, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

आज साँझ ५ बजे बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय हुने बताइएको छ । गत सोमबार बसेको बैठकले सरकारमा जाने वा समर्थन लिने भन्ने विषयमा छलफल गर्न शुक्रबार बैठक राख्ने निर्णय गरेको थियो ।

रास्वपाभित्र सरकार जाने वा समर्थन फिर्ता लिने भन्ने विषयमा दुई मत रहेको बुझिएको छ । सभापति रवि लामिछाने पहिलेकै मन्त्रालय पाए सरकारमा जाने पक्षमा रहेको बुझिएको छ । तर, बहुमत सदस्यहरु यति बेला सरकारमा जानुको औचित्य नहुने पक्षमा रहेका छन् ।

गत सोमबारको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका सभापति लामिछानेले यो बीचमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड रास्वपालाई सरकारमा लगेर नयाँ सत्ता गठबन्धन बन्न नदिने रणनीतिमा हुनुहुन्छ ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal